पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला

एजेन्सी, ११ मंसिर । पाकिस्तानमा लगातार ‘आतंकवादी’ हमला भइरहेको छ । आक्रमणमा ठूलो संख्यामा सुरक्षाकर्मी र नागरिकको मृत्यु भएको छ ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा बुधबार एक जाँचचौकीमा ‘आतंकवादी’ले भीषण हमला गरेका छन् । उक्त आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु पुष्टि भएको छ ।

यो हमला पाकिस्तानको खैबर पख्तुनख्वाको हंगु जिल्लास्थित काजी तालाब प्रहरी जाँचचौकीमा भएको जनाइएको छ ।

‘आतंकवादी’ले नजिकैको पहाडबाट जाँचचौकीमा तैनाथ सुरक्षाकर्मीमाथि गोलाबारी गरेका थिए । प्रहरीले तत्कालै जवाफी कारबाही गरेको थियो । त्यसपछि भीषण गोलाबारी सुरु भएको थियो ।

आक्रमणकारीको खोजीका निम्ति सम्बन्धित क्षेत्रमा थप प्रहरी बल तैनाथ गरिएको छ । त्यहाँका मुख्यमन्त्री सोहेल अफरीदीले हमलाको कडा निन्दा गर्दै विलम्ब नगरी घटनास्थलमा थप सुरक्षा बल पठाउने आदेश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ