हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो

एजेन्सी, ११ मंसिर । हङकङमा बुधबार राति अपार्टमेन्ट ब्लक्समा भएको आगलागीमा परेर ४४ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूले पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । ४० जनाको घटनास्थलमा र चार जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ ।

अन्य ४५ जनाको अवस्था निकै गम्भीर रहेको छ । अझै पनि २७९ जना बेपत्ता छन् । अग्नि नियन्त्रकहरूले आठमध्ये चार वटा भवनको आगो निभाउन सकेका छन् । आगलागी पूरै नियन्त्रण गर्न पूरै दिन लाग्ने बताइएको छ । 

अपार्टमेन्ट ब्लक्समा आगलागीपछि निर्माण कम्पनीका कार्यकारीहरूलाई पक्राउ गरिएको छ । कम्पनीका दुई निर्देशक र परामर्शदातालाई प्रहरीले घोर लापरबाहीको आरोपमा समातेको हो । 

आगलागी सुरु हुँदा अपार्टमेन्ट ब्लक्समा व्यापक मर्मत सम्भारको काम चलिरहेको थियो । आगलागी भएको भवनहरू नजिकैका १३ वटा विद्यालय बिहीबार बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ