एनपीएलमा आज दुईवटा खेल हुँदै

काठमाडौँ, ११ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशालामा हुने पहिलो खेलमा बिहान पौने १२ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।

तीनवटा खेल खेल्दा सबैमा जितेको सुदूरपश्चिम ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । तीनमध्ये दुईमा हार बेहोरेको लुम्बिनी तालिकाको छैटौं स्थानमा छ । एनपीएलको पहिलो सिजनमा यी दुई टोलीबीच एउटा खेल भएकोमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले हराएको थियो ।

यस्तै दिउँसो ४ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स खेल्दैछन् । दुई खेल खेलेकोमा दुबै हार बेहोरेको जनकपुर तालिकाको सातौं स्थानमा छ । यस्तै दुईमध्ये दुबै खेल हारेको पोखरा तालिकाको पुछारमा छ । एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ । 

यसैबीच आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सका खेलाडी सामाजिक सन्देश सहितको जर्सी लगाएर मैदानमा जाने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ७ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको