चितवनले विराटनगरलाई ४८ रनले हरायो

काठमाडौँ, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ४८ रनले हराएको छ ।

चितवनले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर ५ बलमा १ सय २६ रनमा अलआउट भयो ।

विराटनगरका मर्चेन्ट डे लाङले ३९ र प्रतिश जिशीले ३० रन बनाए । विराटनगरका रञ्जित कुमारले ५ विकेट लिए । यस्तै कमलसिंह ऐरीले २ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनायो । चितवनका रवि बोपाराले ६५, देव खनालले २८ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले २/२ विकेट लिए ।

यो जीतसँगै चितवन तीन खेलमा ४ अङ्कसहित तेश्राे स्थानमा उक्लिएको छ । पहिलाे हार व्यहाेरेकाे विराटनगर तीन वटै खेल जितेर ६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । चितवन दुई खेलमा २ अङ्क जोडेर पाँचौं स्थानमा छ ।

एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल यही २७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि