एनपीएलमा लुम्बिनीलाई काठमाडौँले हरायो

काठमाडौँ, ९ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले हराएको छ । काठमाडौँले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ ओभर १ बलमा १ सय ३५ रनमा अलआउट भयो ।

लुम्बिनीका शेर मल्लले २७ र दीलिप नाथले २५ रन बनाए । काठमाडौँका मिलिन्द कुमार र गेर्हार्ड इरास्मसले समान २ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । काठमाडौँका कप्तान करण केसीले ११ बलमा नटआउट ३४ रन बनाए । लुम्बिनीका रुबेन ट्रम्पेलम्यान, शेर मल्ल, गुलबदिन नइब र कप्तान रोहित पौडेलले समान २ विकेट लिए । यो जीतसँगै काठमाडौँले ४ खेलमा ४ अङ्क जोड्दै तेश्रो स्थानमा छ भने लुम्बिनी ३ खेलमा २ अङ्कसहित चौथो स्थानमा छ ।

दोस्रो संस्करणको एनपीएल क्रिकेटमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमाडौँ, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली गरी ८ वटा टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिता यही २७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने

काठमाडौँ, ८ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित

काठमाडौँ, ८ असोज । संसद् बैठकमा उपस्थिति कम हुन थालेपछि सत्तारुढ दल रास्वपाले पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको सुरुदेखि अन्तिमसम्म

काठमाडौँ, ८ असोज । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन