इथियोपियामा ज्वालामुखी विस्फोट

एजेन्सी, ९ मंसिर । इथियोपियामा ज्वालामुखी विस्फोट भएको छ । अफार क्षेत्रस्थित हाइली गुब्बी ज्वालामुखी विस्फोट हुँदा आसपासका क्षेत्र प्रभावित भएका छन् ।

पूर्वोत्तर इथियोपियामा यो ज्वालामुखी करिब १२ हजार वर्ष यता पहिलो पटक विस्फोट भएको हो । ज्वालामुखी विस्फोट हुँदा निस्किएको धुँवा १४ किलोमिटर उचाइसम्म पुगेको बताइएको छ ।

ज्वालामुखीका कारण निस्किएको धुलो यमन, ओमान, भारत र उत्तरी पाकिस्तानसम्म पुगेको जनाइएको छ । ज्वालामुखीबाट भएको हताहतको विवरण भने प्राप्त भइसकेको छैन ।

आकाशमा मडारिएको धुलोका कारण कैयौँ अन्तर्राष्ट्रिय उडान प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ