अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

एजेन्सी, ९ मंसिर । अमेरिकाको विरोधकाबीच दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जी–२० शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।

पहिलोपटक अफ्रिकी महादेशमा हिजो भएको सम्मेलनमा दक्षिण अफ्रिकाले अमेरिका र अर्जेन्टिना बाहेक सबै सदस्य देशलाई संयुक्त घोषणापत्रमा सहमत गराउन सफल भएको रोयर्टसले जनाएको छ ।

धेरैले घोषणापत्र नआउने अनुमान गरे पनि अन्ततः गरिब राष्ट्रलाई परिवर्तनको दबाब र बाह्य ऋण संकट सामना गर्न सहयोग गर्ने प्रतिबद्धता घोषणा पत्रमा समावेश भएको छ । पहिलो पटक जातीय असमानताबारे छुट्टै समूह बनाउने प्रस्ताव पनि अघि सारियो, जसले जी–२० को कमजोर हुँदै गएको प्रभाव फेरि बलियो बन्दै गएको संकेत दिएको छ ।

तर यो कदम अमेरिकालाई मन नपरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकाले पनि दक्षिण अफ्रिकाले जी–२० को सर्वसम्मत सिद्धान्त कमजोर पारेको आरोप लगाएको छ । उसले आउँदो वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा संगठनको ‘वैधता पुनस्र्थापना’ गर्ने घोषणा गरेको छ ।

यद्यपि, सबै दबाब र मतभेदकाबीच तयार भएको संयुक्त घोषणाले जी–२० भित्र बहुपक्षीय सहयोग अझै जीवित र सक्षम रहेको सन्देश दिएको विश्लेषकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ