काठमाडौँ, ८ मंसिर । काभ्रेपलाञ्चोकमा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पनौती नगरपालिका–७ का ३५ वर्षीय रिजन सैँजूसहितका ६ जनालाई आइतबार पनौती–९, भण्रीगाउँस्थित एक रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
नगद तीन लाख ६ हजार ४५५ रुपैयाँ, १६ थान कौडा र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।





