काठमाडौँ, ८ मंसिर । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार उनको ८९ वर्षको उमेरमा आज मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो ।
सन् १९६० बाट अभिनय यात्रा सुरू गरेका धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।
‘शोले’ मा बहुचर्चित वीरूको भूमिकासहित ‘फूल और पत्थर’, ‘सीता और गीता’, ‘चुपके चुपके’, ‘प्रतिज्ञा’ र ‘धर्म वीर’ जस्ता उनका फिल्महरू सदाबहार मानिन्छन्। रोमान्टिकदेखि एक्सन हिरोसम्मको भूमिकामा उनले आफ्नो बलियो छाप छाडेका छन् ।






