नाइजेरियाको क्याथोलिक स्कुलबाट अपहरणमा परेका ५० बालबालिका कब्जाबाट उम्कन सफल

एजेन्सी, ८ मंसिर । नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट बन्दुकधारीले लगेका ३०० भन्दा बढी बालबालिकामध्ये ५० जना अपहरणकारीबाट भागेको एक इसाई समूहले आइतबार जनाएको छ।

नाइजरमा सबैभन्दा ठूलो सामूहिक अपहरणको घटना भएको नाइजर राज्यको ‘सेन्ट मेरिज को–एजुकेशन स्कुल’मा बन्दुकधारीले शुक्रबार छापा मारेर ३०३ बालबालिका र १२ शिक्षकलाई अपहरण गरी लगेका थिए ।

छिमेकी केब्बी राज्यको एक माध्यमिक विद्यालयमा बन्दुकधारीले आक्रमण गरी २५ जना बालिकालाई अपहरण गरेको केही दिनपछि यो अपहरण भएको हो।

क्रिश्चियन एसोसिएसन अफ नाइजेरियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले केही राम्रो समाचार पाएका छौँ पचास जना विद्यार्थीहरू भागेका छन् र उनीहरू आफ्ना अभिभावकसँग पुनर्मिलन भएका छन्।” सेन्ट मेरिजबाट अपहरण गरिएका आठ देखि १८ वर्ष उमेरका केटा र केटीहरूको सङ्ख्या स्कूलको कुल विद्यार्थी सङ्ख्या ६२९ को लगभग आधा हो।

नाइजेरियाली सरकारले अपहरणमा परेका विद्यार्थी र शिक्षकको सङ्ख्याबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ