काठमाडौँ, ८ मंसिर । चलचित्र ‘जेरी अन टप’ को मलेसिया प्रदर्शन तय भएको छ ।
नेपालमा १२ करोड माथिको व्यापार गरेको चलचित्रको हालै मलेसिया गैरआवासिय नेपाली संघ एसिया प्यासिफिक संयोजक रहेका व्यवसायी हरि भट्टराईले खरिद गरेका हुन् ।
डिसेम्बर पहिलो साताबाट मलेसियामा ‘जेरी अन टप’ वक्स अफिस रिलिज गर्ने भट्टराईले बताए । नेपालसँगै अस्ट्रेलिया, अमेरिकामा एकसाथ वक्सअफिस रिलिज भएको यो फिल्म युरोप, मध्यपूर्व लगायतका विभिन्न देशहरूमा प्रदर्शनमा छ भने युके, कोरिया र थाइल्यान्डमा पनि प्रदर्शनको क्रममा छ । स्टार अभिनेता अनमोल केसीको करियरकै सर्वाधिक बिजनेस गर्न सफल यो फिल्म अन्तर्राष्ट्रिय बजारमा पनि उच्च मागका साथ प्रदर्शन भइरहेको छ ।





