नाइजेरियामा दुई सय भन्दा धेरै विद्यार्थी बन्दुकधारीको अपहरणमा

एजेन्सी, ६ मंसिर । नाइजेरियामा बन्दुकधारीको समूहले एउटा बिद्यालयका दुई सय जनाभन्दा धेरै बिद्यार्थी अपहरण गरेको छ ।

नाइजर स्टेटको पापिरीमा रहेको सेन्ट मेरी स्कुलमा अध्ययनरत दुई सय १५ जना विद्यार्थी र १२ जना कर्मचारी अपहरणमा परेका नाइजेरियाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पछिल्ला केही दिनदेखी नाइजेरियामा बन्दुकधारीहरु पुगेर धम्काउने, आक्रमण गर्ने तथा अपहरण गर्ने घटना बढेका छन् । यही हप्ता नाइजर स्टेटकै एक नीजि बिद्यालयबाट २० जना भन्दा धेरै बिद्यार्थी अपहरणमा परेका थिए ।

बिद्यालयमा शृङ्खलाबद्ध आक्रमण बढेपछि नाइजेरियाका धेरै निजी बिद्यालयहरु बन्द गरिएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ