अमेरिकी राष्ट्रपति ट्रम्प र न्यूयोर्कका मेयर ममदानीबीच भेटवार्ता

एजेन्सी, ६ मंसिर । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ ।

न्यूयोर्कमा हालै भएको मेयर चुनावका क्रममा दुवैले एकअर्काको आलोचना गरेका थिए ।

ट्रम्पले मेयरको चुनावअघि मतदातालाई ममदानीलाई मतदान नगर्न आग्रह समेत गरेका थिए भने ममदानी विजयी भएमा न्यूयोर्कलाई दिइने सङ्घीय बजेट कटौती गर्ने सम्मको चेतावनी दिएका थिए । तर ३४ वर्षीय डेमोक्रेटिक सोसलिस्ट ममदानीले मेयरमा निर्वाचित भएसँगै उनको विश्वभर चर्चा भएको थियो ।

ह्वाइट हाउसको बैठकपछि राष्ट्रपति ट्रम्पले ममदानीको प्रशंसा गरेका छन् । पछिल्लो भेटपछि राष्ट्रपति ट्रम्पले आफूले सोचेभन्दा धेरै कुरामा सहमत बनेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

मेयर ममदानीले ‘राम्रो काम’ गर्ने अपेक्षा रहेको पनि ट्रम्पले बताएका छन् । दुवैले न्यूयोर्क शहरबासीको जीवनयापन, अन्य लागतका समस्यालाई सम्बोधन गर्न सँगसँगै काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ