सुदूरपश्चिमको लगातार दोश्रो जीत

काठमाडौँ, ५ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स लगातार दोश्रो खेलमा विजयी भएको छ । आज भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेनजर्सलाई  १८ रनले पराजित गरेको छ ।

सुदूरपश्चिमले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन मात्रै बनाउन सक्यो । पोखराका कप्तान कुशल भुर्तेलले ५३, जिम्मी निशमले ४७ र डेन डउथवेटले ३७ रन बनाए । सुदूरपश्चिमका हर्मित सिंहले २, दीपेन्द्रसिह ऐरी, नरेन साउद, हेमन्त धामी, स्कट कुग्गेलिजन र अविनाश बोहराले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९३ रन बनायो । सुदूरपश्चिमका जोश ब्राउनले ६८, विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ रन बनाए । पोखराका जेम्स निशमले ३ विकेट लिए ।

प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पोखरा पहिलो खेलमा विराटनगर किङ्ग्ससँग पराजित भएको थियो भने सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई हराउँदै विजयी शुरुआत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि