आजबाट हलमा ‘पहिचान लडाईको’ र ‘विक्ड २’

काठमाडौँ, ५ मंसिर । आजदेखि नेपालका हलमा दुई नयाँ फिल्म रिलिज भएका छन् । प्रशान्त तामाङ स्टारर नेपाली भाषाको फिल्म ‘पहिचान लडाईको’ र हलिउडको ‘विक्ड : फर गूड’ प्रदर्शनमा आएका हुन् ।

भीम लामा निर्देशित ‘पहिचानको लडाईको’ सामाजिक कथावस्तुमा आधारित छ । फिल्ममा तामाङसहित करिश्मा मानन्धर, धीरेन शाक्य र प्रेम सुब्बाको अभिनय छ ।

९९ मिनेट रनटाइमको यो फिल्मले नेपाली समाजको यथार्थ कथावस्तुलाई चित्रण गर्ने जनाइएको छ ।

‘विक्ड’ को दोस्रो श्रृंखला ‘विक्ड : फर गूड’ हलिउडको म्युजिकल फेन्टासी फिल्म हो । जोन एम चुद्वारा निर्देशित यो फिल्म विक्ड (२०२४) को सिक्वेल हो ।

सिन्थिया एरिभो, एरियाना ग्रान्डे, दे जोनाथन बेली, इथान स्लेटर, बोवेन याङ, मारिसा बोडे, मिशेल येओह र जेफ गोल्डब्लम दोस्रो श्रृंखलामा पनि देखिएका छन् ।

यो फिल्मको रनटाइम १३८ मिनेट छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष