काठमाडौँ, ५ मंसिर । नेपालसगै कतार ,युएई र बहराइनमा प्रदर्शन भैरहेको यो फिल्म १३ मंसिरदेखि अस्ट्रेलियामा समेत रिलिज हुँदैछ ।
साउदी अरब र दक्षिण कोरिया लगायतका थलोमा समेत फिल्म रिलिज हुने जनाइएको छ ।
सर्लाहीमा कलाकार दर्जी र अभिनेता रमेश विश्वकर्मा पुग्दा पन्चैबाजा बजाएर स्वागत गरिएको थियो । कलाकारलाई दुबोको मायासहित फिल्म हलमा लगिएको थियो ।
फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, शंकर श्रेष्ठ, साम्राज्ञी थापाको पनि अभिनय छ ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको फिल्मको पटकथा शिवम अधिकारीले लेखेका हुन् ।






