इन्डोनेशियामा ज्वालामुखी विष्फोट

एजेन्सी, ४ मंसिर । इन्डोनेशियाको जावा द्विपमा रहेको माउन्ट सेमेरुमा ज्वालामुखी विष्फोट भएको छ । 

विष्फोट आज दिउँसो करिब २ः१३ तिर भएको हो । योसँगै त्यहाँको ज्वालामुखी निगरानी एजेन्सीले अलर्टलाई सबैभन्दा उच्च स्तर आईभीमा राखेको छ । विष्फोट भएको केन्द्रबाट ८ किमिसम्मलाई   खतराको क्षेत्र भनिएको छ ।

विस्फोटपछि तातो लाभा र खरानीको शक्तिशाली पाइरोक्लास्टिक प्रवाह निस्किएको र यसले अनुगमन उपकरणहरू नष्ट गरेको बताइएको छ । 

खरानीको वर्षाले वरपरको क्षेत्रलाई अँध्यारो बनाएको र ९०० भन्दा बढी मानिसहरूलाई ठाउँ छाड्न बाध्य पारेको पनि बताइएको छ । 

विष्फोटपछि १७० अलपत्र पर्वतारोहीहरूलाई उद्धार गरिएको छ । अहिलेसम्म यस घटनासँग सम्बन्धित कुनै मृत्युको खबर आएको छैन ।

तर अधिकारीहरूले लाभा प्रवाह र ठुलो विस्फोटका कारण थप खतराहरूको चेतावनी दिइरहेका छन् । खरानीको कारणले नजिकैको हवाई उडानहरू पनि अवरुद्ध भइरहेको छ ।

माउन्ट सेमेरु इन्डोनेसियाको एउटा सक्रिय ज्वालामुखी हो, जुन पूर्वी जाभाको लुमाजाङ जिल्लामा अवस्थित छ । यो ज्वालामुखी पहिले पनि धेरै पटक विस्फोट भइसकेको छ । तर बिहीबारको विस्फोट निकै शक्तिशाली भएको बताइएको छ । ज्वालामुखीबाट धुवाँ, खरानी र तातो चट्टानको बादल निस्किएपछि एजेन्सीले सतर्कता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर