एनपीएल हेरेर फर्कनेहरुलाई निःशुल्क बसको व्यवस्था

काठमाडौँ, ४ मंसिर । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भैरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हेरेर घर फर्किने दर्शकलाई निःशुल्क बसको व्यवस्था शुरू भएको छ ।

एनपीएल हेर्ने दर्शकलाई सहज बनाउन नेपाल क्रिकेट सङ्घ (क्यान) र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा काठमाडौँ उपत्यकामा निःशुल्क बसको व्यवस्था गरिएको हो ।

क्यानका अनुसार यो सुविधा एनपीएल हेर्न पुगेका तर गाडी नभएका विशेषगरी महिला, वृद्ध र अशक्तता भएका व्यक्तिले पाउनेछन् । उनीहरुका लागि चार वटा रुट निर्धारण गरी बेलुकी ६ बजेदेखि ८ बजेसम्म बस सेवा सञ्चालन हुनेछ ।

पहिलो रुटको बस त्रिवि गेट–स्वयम्भु हुँदै बालाजु जानेछ । दोस्रो रुट त्रिवि गेट–स्वयम्भु–बालाजु हुँदै महाराजगञ्ज पुग्नेछ । त्यस्तै तेस्रो रुट त्रिवि गेट–बल्खु–कालिमाटी–थापाथली–बानेश्वर–तीनकुने–गौशाला हुँदै चाबहिल पुग्नेछ । चौथो रुट त्रिवि गेट–बल्खु–सानेपा–एकान्तकुना–सातदोबाटो हुँदै कोटेश्वरसम्म पुग्ने क्यानले जनाएको छ । निःशुल्क बस सुविधा हिजोदेखि शुरू भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि