काठमाडौँ, ३ मंसिर । चलचित्र ‘द ब्लू लाइट’ को पोस्टर सार्वजनिक गरिएको छ ।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशीलाई देख्न सकिन्छ ।
बलिराम चौहानको निर्देशन रहेको ‘द ब्लू लाइट’ पौष १० गतेबाट रिलिजमा आउँदै छ ।
‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी छन् । यस्तै चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।






