काठमाडौँ, १ मंसिर । झापामा ‘जेनजी’ आन्दोलनका क्रममा फरार भएका दुई थुनुवा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट म्याद थप गरी अनुसन्धानमा राखिएका दुई थुनुवा पक्राउ परेका हुन् ।
उनीहरू जेनजी आन्दोलनका क्रममा गएको भदौ २४ गते हिरासतबाट फरार भएका थिए । लागुऔषध मुद्दामा थुनामा रहेर अनुसन्धान भइरहेका शिवसताक्षी नगरपालिका–४ का २९ वर्षीय राजेन्द्र ताजपुरिया र सोही मुद्दाका ४० वर्षीय ननकिशोर साह फरार भएका थिए ।
प्रहरीले उनीहरूकै घरबाट पक्राउ गरी पुनः हिरासतमा ल्याएको हो ।






