काठमाडौँ, १ मंसिर । गुल्मीको मुसिकोट नगरपालिका–२ निस्ती ठाँटीमा डबल क्याब गाडीको छतमा राखिएको टिन (जस्ता पाता) खसेर लागेर गाडीमा सवार एक जनाको मृत्यु गएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार राति तम्घासबाट निस्तीतर्फ जाँदै गरेको ग३च ४२६० नम्बरको गाडी उकालो चढ्दा टिन खसेको थियो ।
टिनले लागेर सोही गाडीमा सवार ४९ वर्षीय मिनबहादुर बि.क. गम्भीर घाइते भएका थिए । उनको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
गाडी चालक २५ वर्षीय प्रताप रायमाझीलाई प्रहरीले कागजपत्रसहित नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।






