सुरक्षित रूपमा पृथ्वी फर्के चिनियाँ अन्तरिक्ष यात्री

एजेन्सी, २८ कार्तिक । चीनका तीन अन्तरिक्ष यात्री आफ्नै देशको अन्तरिक्ष स्टेशनमा अस्थायी रूपमा फस्नुपरेपछि प्रतिस्थापन चालक दल ल्याइएको नयाँ अन्तरिक्ष यान प्रयोग गरी शुक्रबार सुरक्षित रूपमा पृथ्वी फर्केका छन् । 

चीनको अन्तरिक्ष एजेन्सीका अनुसार ती अन्तरिक्ष यात्रीहरू सवार शेनझोउ–२० यान अन्तरिक्ष भग्नावशेषले प्रहार भएपछि क्षतिग्रस्त बनेको थियो । उनीहरूले ६ महिनादेखि तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा परिक्रमा गरिरहेका थिए र नयाँ चालक दल स्टेशनमा पुगेको चार दिनपछि नोभेम्बर ५ मा उनीहरू फर्कने प्रारम्भिक तालिका थियो ।

तर, फर्किने तयारी हुँदै गर्दा शेनझोउ–२० को रिटर्न क्याप्सुलको झ्यालमा सानो दरार देखिएपछि उनीहरूको मिशन एक हप्ताभन्दा बढी ढिलाइ भएको हो । झ्यालनमा दरार देखिुनको कारण उच्च गतिमा गुड्ने अन्तरिक्ष भग्नावशेष रहेको अनुमान गरिएको छ ।

प्रक्षेपण र अन्तरिक्षमा हुने टक्करबाट उत्पन्न लाखौँ सूक्ष्म भग्नावशेषहरू गोलीभन्दा तेज गतिमा निरन्तर पृथ्वीको परिक्रमा गरिरहेका हुन्छन् । यस्ता कणहरूले उपग्रह, अन्तरिक्ष स्टेशन तथा बाहिरी भागमा कार्यरत अन्तरिक्ष यात्रीहरूलाई जोखिम निम्त्याउने भएकाले सुरक्षा सतर्कता अत्यन्त आवश्यक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर