‘एमाले राष्ट्रको स्थायित्व र विकासको निर्बिकल्प शक्ती’

नेपालको राजनीतिक परिदृश्य निरन्तर परिवर्तनशील रहँदै आएको छ । बहुदलीय व्यवस्थाको तीन दशकभन्दा लामो यात्रामा कहिले अस्थिरता, कहिले सत्ता संघर्ष, कहिले विचारगत अस्पष्टता मुख्य विषय बने । यस्ता परिस्थितिमा पनि नेकपा (एमाले) निरन्तर संगठन, नीति र राष्ट्रवादी दृष्टिकोणका कारण देशको निर्बिकल्प शक्तिका रूपमा स्थापित हुँदै गएको छ । यसको केन्द्रमा रहेको नेतृत्वको केन्द्रीकरण, राष्ट्रिय स्वाधीनतामा अडान, छिमेकीहरूसँग समानताको सम्बन्ध र विकासमा निरन्तर योगदान नै यसको मुख्य पहिचान हो ।

एमालेको प्रमुख विशेषता भनेको संगठनभित्र निर्णय लिने स्पष्ट शृङ्खला र नेतृत्वको केन्द्रीकरण हो । यसले पार्टीलाई दिगो रणनीति र एकीकृत दृष्टिकोणमा अघि बढ्न सक्षम बनाएको छ । अन्य दलहरू आन्तरिक गुटबन्दी र असहमतिको कारण दिशाहीन देखिँदा, एमालेले निर्णयमा एकता र नीति–अनुपालनमा अनुशासन देखाउँदै आएको छ । यही संगठनात्मक मजबुतीले दललाई दीर्घकालीन राजनीतिक स्थायित्वतर्फ डो¥याएको छ ।

नेकपा (एमाले)को नेतृत्वले राष्ट्रिय स्वाधीनतालाई सैद्धान्तिकमात्र होइन, व्यावहारिक रूपमा पनि प्राथमिकता दिएको छ । विदेश नीतिमा आत्मनिर्भरता, राष्ट्रिय हितमा अडान, र बाह्य दबाबप्रति नडगमगाउने नीति पार्टीको पहिचान बनेको छ । देशको सार्वभौमिकता र भू–राजनीतिक सन्तुलनमा एमालेले देखाएको स्थिर दृष्टिकोणले जनस्तरमा “राष्ट्रहितमा अटल शक्ति”को सन्देश दिएको छ ।

भारत र चीनजस्ता ठूला छिमेकीहरूसँग सम्बन्ध सन्तुलनमा राख्ने क्षमताले एमाले नेतृत्वको परराष्ट्र दृष्टिकोणलाई विशिष्ट बनाएको छ । समानताको सिद्धान्तमा आधारित कूटनीतिक सम्बन्धले नेपाललाई न त आश्रित बनायो, न त एक्ल्यायो यो नीति राष्ट्रिय स्वाभिमानसँग जोडिएको व्यवहारिक राष्ट्रियता हो जसले देशको कूटनीतिक हैसियतलाई मजबुत बनाएको थियो ।

भौतिक पूर्वाधार, ऊर्जाक्षेत्र, सामाजिक सुरक्षा र डिजिटल शासनका क्षेत्रमा एमाले नेतृत्वका सरकारले देखाएका उपलब्धिहरू ठोस र दिगो छन् । समृद्ध नेपाल, सुखी नेपालीको दृष्टि केवल नारामात्र होइन, दीर्घकालीन नीति थियो । देशमा उत्पादनमुखी अर्थतन्त्र र आत्मनिर्भरता तर्फका प्रयासले पार्टीलाई विकासमुखी शक्ति बनाएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अटल नेतृत्व र स्पष्ट राष्ट्रिय दृष्टिकोण पार्टीको केन्द्रबिन्दु हो । राष्ट्रिय स्वार्थमा सम्झौता नगर्ने अडान, प्रतिकूल परिस्थितिमा पनि जनमतसँगको प्रतिवद्धता, र निर्णयमा दृढता यी गुणहरूले ओलीलाई राष्ट्रिय राजनीतिमा दृढ व्यक्तित्वको रूपमा उभ्याएका छन् । त्यस्तै, युवा नेतृत्वका रूपमा महेश बस्नेतले संगठनभित्र नयाँ ऊर्जाको संचार गरेका छन् । उनीहरूको जुझारुपन, संगठनप्रतिको समर्पण र नीतिगत स्पष्टताले एमालेको भावी पुस्तालाई दिगो दिशानिर्देश दिएको छ ।

एमालेमाथि बारम्बार आन्तरिक विभाजन, आरोप–प्रत्यारोप र राजनीतिक षड्यन्त्रहरू लक्ष्यित भए पनि पार्टी आफ्नो नीतिगत मार्गबाट विचलित भएको छैन । प्रतिपक्षका हरेक रणनीति र भ्रमका बिच एमालेले स्थायित्व, नीति र जनसरोकारलाई केन्द्रमा राख्दै आफ्नो राजनीतिक अस्तित्व अझ सुदृढ बनाएको छ ।

नेपाल आज राजनीतिक अस्थिरता र वैचारिक असमञ्जसको समयबाट गुज्रँदै छ । यस्तो अवस्थामा अटल, अनुशासित र राष्ट्रहित केन्द्रित नेतृत्वको आवश्यकता अत्यावश्यक छ । नेकपा (एमाले)को नेतृत्वले यही आवश्यकता पूरा गर्ने सामर्थ्य देखाएको छ । केपी शर्मा ओलीको दृढ दृष्टि, महेश बस्नेतको जुझारु ऊर्जा र संगठनात्मक एकताले एमालेलाई देशको स्थायित्व, राष्ट्रिय स्वाधीनता र विकासको निर्बिकल्प शक्तिका रूपमा स्थापित गरेको छ ।

भक्तपुर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको

काठमाडौँ, २३ मंसिर । पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा प्रवेश

काठमाडौँ, २३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भदौमा भएको युवा विद्रोह (जेनजी आन्दोलन) को मर्मलाई

दाङ, २३ मंसिर ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको