फ्रान्सका पूर्वराष्ट्रपति सारकोजी रिहा

एजेन्सी, २५ कार्तिक । पेरिसको एक पुनरावेदन अदालतले फ्रान्सका पूर्वराष्ट्रपति निकोला सारकोजीलाई जेलबाट रिहा गर्ने फैसला गरेको छ ।

सारकोजी अब न्यायिक निगरानीमा रहनेछन् । जेल पठाउने फैसलापछि उनको कानुनी टोलीले तुरुन्तै उनलाई रिहा गर्नका लागि निवेदन दिएको थियो ।

रिहा भएपछि सामाजिक सञ्जालमा लेख्दै सारकोजीले भने, “ऊर्जा मेरो निर्दोषिता प्रमाणित गर्ने एउटै लक्ष्यमा मात्र केन्द्रित छ । सत्यको जित हुनेछ, कथाको अन्त्य अझै लेख्न बाँकी छ ।”

तीन हप्ताअघि मात्रै सारकोजीको पाँच वर्षको जेल सजाय सुरु भएको थियो । अक्टोबर २१ मा मध्य–दक्षिणपन्थी पूर्वराष्ट्रपति सारकोजीलाई सन् २००७ को आफ्नो चुनावी अभियानमा दिवंगत लिबियाली तानाशाह मुअम्मर गद्दाफीबाट प्राप्त रकम प्रयोग गरी आर्थिक सहयोग जुटाउने षड्यन्त्र गरेको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।

अदालतले सारकोजीलाई फ्रान्सको सीमाबाहिर जान अनुमति नरहेको बताएको छ । यस मामिलामा पुनरावेदन सुनुवाइ पछि हुने अपेक्षा गरिएको छ ।

निकोला सारकोजी पछिल्लो समय फ्रान्सका जेल पठाइएका पहिलो राष्ट्रपति हुन् । सेप्टेम्बर २५ तारिखमा उनलाई अदालतले दोषी ठहर गरेको थियो । ७० वर्षीय सारकोजीले कुनै पनि गल्ती गरेको अस्वीकार गर्दै आएका छन् । उनलाई अक्टोबर २१ मा जेल पठाइएको थियो । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर