अनावश्यक राजनीति र चलखेल गर्ने काम पनि भ्रष्टाचार नै हो: मन्त्री पुन

काठमाडौँ, २४ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले विद्यालय तथा विश्वविद्यालयमा गरिने अनावश्यक राजनीति तथा चलखेल गर्ने कार्य पनि भ्रष्टाचार नै भएको बताउनुभएको छ ।

विद्यालय तथा विश्वविद्यालयमा कुनै पनि राजनीतिक गतिविधि तथा संगठन निर्माण गर्न नदिने निर्णय गरेको जानकारी गराएपश्चात शिक्षक महासंघ लगायतका संगठन तथा नागरिकबाट आलोचना भइरहेको सन्दर्भमा मन्त्री पुनले विद्यालय तथा विश्वविद्यालयहरुको सञ्चालनमा कुनै पनि कुनै पनि राजनीतिक संगठनको नाममा बाधा अड्चन हुन नहुने बताउनुभयो । संवैधानिक अधिकारलाई सरकार तथा मन्त्रालयले रोक्न नसक्ने स्पष्ट पार्दै उहाँले राजनीतिक हस्तक्षेपका कारण शिक्षाका विभिन्न क्षेत्रहरुमा भएको हस्तक्षेपहरुलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘मैले हिजो जारी गरेको सूचनाको बारेमा – संविधानले दिएको अधिकार कसैले खोस्न सक्दै सक्दैन। तर राजनैतिक पार्टीहरुको संरक्षणमा विद्यालयहरु र बिश्वविद्यालयहरुको सञ्चालनमा बाधा अड्चन पुर्याउन र विद्यार्थीहरुको भविष्य संग खेलवाड गर्न पाईने छैन भनेर सूचना गरेको हो। सिटिइभिटीमा, विद्यालयहरुमा र विश्वविद्यालयहरुमा अनेक किसिमका राजनैतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताका बारेमा विद्यार्थीहरु र अविभावकहरुको हजारौं गुनासो र उजुरी सुनेर सो सुचना प्रकाशित गरिएको हो। त्यस्तो अनावश्यक राजनीति गर्ने र चलखेल गर्ने काम पनि भ्रष्टाचार नै हो। सो सम्बन्धि सर्वोच्च अदालतले जारी गरेको आदेश र ऐन कानुनका धाराहरु पनि हेर्नुहोला । अब फाल्गुन २१ गते आउने चुनावको प्रचार प्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठन पाठन गर्न नछोड्नु होला भन्ने बिनम्र अनुरोध छ। ूनविराउनु नडराउनुू भन्ने नेपाली उखान छ नि त ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित