काठमाडौँ, २४ कार्तिक । चर्चित नेपाली कमेडियनले अमेरिकामा आयोजना हुने स्ट्यान्डअप कमेडी टूरमा हाँस्य प्रस्तुति दिने भएका छन् ।
फेम नेपाल र सनराइज इन्टरटेनमेन्टले संयुक्तरुपमा ‘हाँस्छ अमेरिका : भोल्युम १’ नामक स्ट्यान्डअप कमेडी टूरको आयोजना गरेका छन् ।
अहिलेका चर्चित कमेडियन भरतमणी पौड्याल, सुमन कोइराला, कैलाश कार्की, सुमन कार्की, मेक्सम गौडेल र सजन श्रेष्ठले प्रस्तुति दिने तय भएको हो ।
डिसेम्बरदेखि जनवरीसम्म १५ भन्दा धेरै अमेरिकी सहरमा टूर हुन लागेको छ । यद्यपी, आयोजना थलो र मिति तय हुन बाँकी छ ।






