शरद भेषवाकरद्वारा नेपाली क्रिकेट टिमबाट सन्न्यास

काठमाडौँ, २३ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका फिनिसर शरद भेषवाकरले अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्न्यास लिएका छन् ।

आक्रामक फिनिसरका रूपमा परिचित शरदकै प्रेरणादायी प्रदर्शनमा नेपालले सन् २०१४ को विश्वकपमा स्थान बनाएको थियो । उक्त विश्वकप छनोटमा शरदले ४६.६६ को औसतमा १४० रन बनाएका थिए ।

उनले सन् २०१२ मा हङकङविरुद्धको ट्वान्टी–२० खेलमा नेपाली सिनियर टिममा ‘डेब्यु’ गरेका थिए । उनले २०१४ मा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध लिस्ट ‘ए’ क्रिकेटमा डेब्यु गरेका थिए । 

शरदले अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा पनि सन् २०१४ मा डेब्यु गरेका थिए । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१४ को विश्वकपमार्फत नेपालबाट डेब्यु गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै करियर थालेका थिए ।

“नेपाली क्रिकेट र सबैमा धन्यवाद छ,” शरदले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । तामाका भाँडा चोरी गरेको आरोपमा तीन जना कीर्तिपुरबाट पक्राउ परेका छन् । प्रहरी वृत्त कीर्तिपुरका अनुसार पक्राउ

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो