टर्कीएद्वारा इजरायली प्रधानमन्त्रीविरुद्ध वारेन्ट जारी

एजेन्सी, २२ कार्तिक । टर्किएले इजरायली प्रधानमन्त्री र अन्य केही उच्च अधिकारीविरुद्ध वारेन्ट जारी गरेको छ ।

हिजो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अन्य केही इजरायली अधिकारीलाई गाजा नरसंहारको आरोपमा वारेन्ट जारी गरेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

इस्तानबुलको प्रमुख सरकारी वकिलको कार्यालयले ३७ जनाविरुद्ध वारेन्ट जारी गरेको खबरमा उल्लेख छ । नेतान्याहूबाहेक इजरायलका रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्विर र सैन्य प्रमुख इयाल जामिरलगायतका व्यक्तिहरूविरुद्ध पनि वारेन्ट जारी गरिएको छ ।

टर्कीएको अभियोजकको कार्यालयका अनुसार मानवताविरुद्धको अपराध र नरसंहारलगायत आरोप लगाइएको छ । तर इजरायलले वारेन्टको कडा निन्दा र यसलाई अस्वीकार गरेको छ । हमासले टर्किएको कदमको स्वागत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर