अमेरिकाका ४० विमानस्थलमा उडान कटौती 

एजेन्सी, २२ कार्तिक । अमेरिकामा हवाई उडान रद्द वा ढिलाइ भएका छन् । न्यूयोर्क, लस एन्जलस, शिकागो, वाशिंगटन डीसीलगायत ४० विमानस्थलमा उडान कटौती हुँदा त्यसको असर यात्रुलाई परेको छ । विगत ३७ दिनदेखिको सटडाउन र तलब नपाएका कर्मचारीका कारण अमेरिकी विमानस्थलमा घरेलु उडान कटौतीको घोषणा गरिएको छ ।

हिजो मात्रै अमेरिकामा पाँच हजारभन्दा धेरै उडानहरू रद्द वा ढिलाइ भएका छन् । अमेरिकी इतिहासकै सबैभन्दा लामो बन्द निरन्तर रहँदा लाखौं सङ्घीय कर्मचारीले अहिले तलब बिना काम गरिरहेका छन् । जसमा एयर ट्राफिक नियन्त्रकहरू पनि समावेश रहेका बीबीसीले जनाएको छ ।

सङ्घीय कर्मचारीले तलब नपाउँदा ४० व्यस्त विमानस्थलमा उडान कटौतीको निर्णय गरिएको हो । अस्ति बिहीवार सङ्घीय उड्डयन प्रशासन (एफएए) ले शुक्रवार उडानमा ४ प्रतिशत कटौती, नोभेम्बर ११ तारिखमा ६ प्रतिशत कटौती, नोभेम्बर १३ मा १३ प्रतिशत र नोभेम्बर १४ मा १० प्रतिशत कटौती गर्ने योजना सार्वजनिक गरेको थियो । अन्तर्राष्ट्रिय उडान कटौती नगर्ने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै

काठमाडौँ, २५ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अदालतबाट भएका फैसलाको प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै कानुनी