मोहम्मद अफताब आलमको निधन

काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ

कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार कार्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको हो ।

६३ वर्षीय आलमलाई केएमसिमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो । गत जेठमा नक्खु कारागारबाट छुटेलगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ६ असोज  । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका

काठमाडौँ, ६ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान ९ बजेबाट सुरु हुँदैछ । पार्टीका

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,