अध्यक्ष ओलीको प्रम कार्कीलाई प्रश्न: “पाँच दिनमा भयो त करप्सन कन्ट्रोल ? दुई महिनामा कतिवटा पाँचदिन गए ?

काठमाडौँ, २१ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूप्रति कटाक्ष गरेका छन् ।

शुक्रबार शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले वडाध्यक्ष नै बन्ने सपना नबोकेकाहरू मन्त्री बनेको टिप्पणी गरे । ओलीले सरकारले देशका लागि काम नगरेको आरोप लगाए । उनले देशमा झनै भ्रष्टाचार मौलाएको दाबी गरे ।

उनले भने, “पाँच दिनमा भयो त करप्सन कन्ट्रोल ? दुई महिनामा कतिवटा पाँचदिन गए ? वडा अध्यक्ष हुन्छु भन्ने सपना पनि नदेखका मान्छे मन्त्री भएको छ । कमिट्मेन्ट नै नभएको, जनताप्रति उरदायित्व नभएको, जनतालाई कुनै जवाफ दिनुनपर्ने, जनताको बीचबाट नआएको भूइँफुट्टा, बतासे सरकार ।”

विभिन्न कम्पनीलाई कर छुट गरेर भष्ट्राचार भइरहेको उनले आरोप लगाए । उनले देश बनाउँछु भनेर संकल्प गरेका त भ्रष्टाचारमा डुबेको भन्दै कमिटमेन्ट नै नभएकाहरू सरकारमा रहेका बेला के होला भनि प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ फागुन । सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो छन् ।

काठमाडौँ, १९ फागुन । धनुषाको मिथिला नगरपालिकामा शंकास्पद वस्तु विस्फोट हुँदा दुई बालबालिका घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, १९ फागुन । भक्तपुरबाट हतियारसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–९ घर भई

काठमाडौँ, १९ फागुन । बजारमा सागको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार पछिल्लो