विश्वकै वृद्ध राष्ट्रपतिद्वारा ९२ वर्षको उमेरमा शपथ ग्रहण

एजेन्सी, २१ कार्तिक । ४३ वर्षदेखि क्यामरूनको सत्ता सम्हाल्दै आएका पल बियाले बिहीबार पुनः राष्ट्रपति पदको शपथ लिएका छन् । यो उनको राष्ट्रपतिको रूपमा लगातार आठौँ कार्यकाल हो । 

मध्यअफ्रिकी देशका ९२ वर्षीय पल बिया अब सात वर्षसम्म देशको प्रमुख रहनेछन् । उनी बाँचिरहेको अवस्थामा ९९ सय वर्षको उमेरसम्म क्यामुरुनको राष्ट्रपति पदमा रहनेछन् ।

आफ्नो शपथग्रहण सम्बोधनमा विश्वकै सबैभन्दा वृद्ध राष्ट्रपतिले विरोध प्रदर्शनका क्रममा मारिएका पीडितहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै अशान्तिको लागि गैरजिम्मेवार राजनीतिज्ञहरूलाई दोष दिए ।
उनले भने, “म तपाईंहरूलाई के आश्वासन दिन सक्छु भने व्यवस्था कायम हुनेछ ।” उनले देशलाई संटमा धकेल्नु व्यर्थ भएको बताए ।

गत महिना भएको निर्वाचनका क्रममा उठेका धाँधलीका आरोपहरूको बावजुद राष्ट्रपति बियाले निर्वाचन प्रक्रियालाई सन्तोषजनक भनेका थिए । क्यामरूनमा निर्वाचनको समयमा ठूलो विरोध प्रदर्शन भएको थियो । प्रदर्शनमा सरकारी दमन हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको थियो । १२ सय भन्दा बढी व्यक्ति पक्राउ परेको देशको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । 

अक्टोबर १२ मा सम्पन्न निर्वाचनमा बियाले ५३.७ प्रतिशत मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी इसा चिरोमा बाकरीले ३५.२ प्रतिशत मत पाएका थिए । चिरोमा बाकरीले आफू नै चुनावको वास्तविक विजेता भएको अडान लिँदै आएका छन् । उनले निर्वाचन अधिकारीहरूलाई धाँधलीको आरोप लगाएका छन् । यो आरोपलाई सरकारले अस्वीकार गर्दै आएको छ ।

चिरोमा बाकरी पहिले बियाका सहयोगी र सरकारमा मन्त्री रहिसकेका छन् । यद्यपि, यसपटक विपक्षीका रूपमा उभिएका बाकरीले अप्रत्याशित रूपमा युवाहरूलाई आन्दोलित र परिवर्तनका लागि उत्साहित पारेका छन् । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएपछि पल बिया क्यामरूनका दोस्रो राष्ट्रपति बनेका थिए । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न