निखिल उप्रेती जनकपुर बोल्ट्सको गुडविल एम्बासडर

काठमाडौँ, २० कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि जनकपुर बोल्ट्सले नेपाली चलचित्रका सुपरस्टार निखिल उप्रेतीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ ।

जनकपुरले निखिल उप्रेतीलाई प्याराग्लाइडिङ स्टण्ट गराउँदै गुडबिल एम्बासडर घोषणा गरेको हो ।

यसले जनकपुर बोल्ट्सको आत्मा, साहस, दृढता र विजयको भावनालाई जीवन्त रूपमा प्रस्तुत गरेको जनकपुर बोल्टले जनाएको छ । उनको यो प्रदर्शनले टोलीको नारा ब्युटी फर भिक्ट्रीला२ नयाँ उचाईमा पुर्‍याएको टिमको विश्वास छ ।

गुडबिल एम्बासडर नियुक्त भएपछि निखिल उप्रेतीले उत्साह व्यक्त गर्दै भने, ‘जनकपुर बोल्ट्स केवल एउटा टोली होइन, यो जनकपुर र सम्पूर्ण मधेशको गौरव हो । यस टोलीसँग जोडिन पाउनु मेरो लागि सम्मानको विषय हो, उप्रेतीले भने, ‘विजयको आत्मा हरेक नेपालीमा बसोबास गर्छ, र म त्यो आत्मालाई जनकपुर बोल्ट्ससँग मिलेर जगाउन चाहन्छु ।’

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि