भर्जिनियामा पहिलो पटक महिला गभर्नर निर्वाचित

काठमाडौँ, १९ कार्तिक । अमेरिकी राज्य भर्जिनियामा डेमोक्र्याट पार्टीकी उम्मेदवार अबीगेल स्पानबर्गरले गभर्नरको चुनाव जितेकी छिन् ।

उनी उक्त राज्यकी पहिलो महिला गभर्नर बनेकी हुन् । उनको प्रतिस्पर्धा रिपब्लिकन नेतृ विन्सम अर्ल–सियर्ससँग भएको थियो।

स्पानबर्गरको जितको पुष्टि मंगलबार राति मतदान सकिएपछि भयो । मतगणनाको सुरुदेखि नै उनी अग्रस्थानमा थिइन् । स्पानबर्गर पूर्व सीआईए अधिकारी हुन् र तीनपटक अमेरिकी कांग्रेस सदस्य रहिसकेकी छिन्।

उनी आगामी वर्ष जनवरीमा पदभार ग्रहण गर्नेछिन् र भर्जिनियाकी पहिलो महिला गभर्नर बन्नेछिन्। यसअघि यो पदमा ७४ जना पुरुष रहिसकेका छन्।

स्पानबर्गरको प्रचार अभियान पूर्ण रूपमा ट्रम्पविरोधी थियो। उनले भर्जिनियालाई ट्रम्प प्रशासनका नीतिहरूका कारण हुने क्षतिबाट जोगाइने प्रतिबद्धता जनाउँदै आएकी थिइन् । उनले भनेकी थिइन्, ‘म वासिङटनबाट आउने अव्यवस्थाबीच पनि भर्जिनियाको पक्षमा दृढ रूपमा उभिनेछु।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर