इन्डोनेसियामा पुनः ६.२ म्याग्निच्युडको भूकम्प

एजेन्सी, १९ कार्तिक । इन्डोनेसियामा पुनः ६.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

बुधबार बिहान देशको सुलावेसी द्वीपमा ६.२ म्याग्निच्युडको भूकम्प गएको इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले पुष्टि गरेको छ ।

यो भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको जानकारी दिइएको छ । भूकम्पबाट अहिलेसम्म कुनै किसिमको क्षतिको  सूचना प्राप्त भएको छैन ।

इन्डोनेसिया एसिया र अस्ट्रेलिया महाद्वीपको बीचमा अवस्थित छ । यो प्रशान्त महासागरको किनारामा रहेको देश हो । यो क्षेत्र ‘रिङ अफ फायर’ अर्थात् आगोको घेरामा पर्ने क्षेत्रका रूपमा चिनिन्छ । यस क्षेत्रमा विश्वका करिब ९० प्रतिशत भूकम्पहरू र ७५ प्रतिशत ज्वालामुखी विस्फोटहरू हुन्छन् । इन्डोनेसिया यही भूभागमा पर्ने भएकाले यहाँ लगातार टेक्टोनिक प्लेटहरूमा हलचल भइरहन्छ । लाइभमिन्ट

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर