विश्वकप क्रिकेट लिग–२ मा आज नेपाल र यूएई भिड्दै

काठमाडौँ, १९ कार्तिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपालले आज यूएईसँग खेल्दैछ ।

खेल आईसीसी एकेडेमीमा बिहान सवा ११ बजे शुरू हुनेछ । यूएईमा चलिरहेको त्रिदेशीय श्रृंखलामा नेपालको यो अन्तिम खेल हो । यूएई, नेपाल र अमेरिकाबीच श्रृंखला भएको हो ।

नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग एक सय ६ रनले र अमेरिकासँगकै अर्को खेलमा चार विकेटले पराजित भएको थियो भने यूएईसँगको खेलमा यसअघि पाँच विकेटले पराजित भएको थियो । नेपाल १९ खेलमा १२ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।

अमेरिका २३ खेलमा ३६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा र १९ खेलमा ८ अंकसहित यूएई अंक तालिकाको पुछारमा छ । आजको खेलपछि नेपाली टोली स्वदेश फर्कनेछ ।
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि