नेप्से परिसूचक २७.६४ अङ्कले घट्यो

काठमाडौँ, १८ कार्तिक । नेप्से परिसूचक आज पनि घटेको छ ।

आज ८.२४ अङ्कले घटेको नेप्से परिसूचक मङ्गलबार पनि निरन्तरता पाएको हो । आज नेप्से परिसूचक २७.६४ अङ्क घटेर २५९५.२४ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.९३ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अङ्क र सन्सेटिभ फ्लोट इण्डेक्स १.३० अङ्कले घटेको छ ।

आज कारोबारमा आएका ३२२ कम्पनीको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। सोमबार ६ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । यसरी हेर्दा आजको तुलनामा कारोबार रकम पनि घटेको छ ।

नेप्सेका १३ उपसमूहमा १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक २.२१ प्रतिशत , जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा