जनार्दन शर्माले घोषणा गरे ‘प्रगतिशील अभियान नेपाल’

काठमाडौँ, १८ कार्तिक । नेकपा  (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका छन् ।

आज  ललितपुरमा पत्रकार सम्मेलन गरी उनले उक्त नामक अभियान घोषणा गरेका हुन् । पारदर्शितालाई आत्मसात् गर्ने, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायका समस्याप्रति प्रतिबद्ध रहने गरी अभियान घोषणा गरिएको उनले बताए । राजनीतिलाई व्यापारका रूपमा बुझ्न थालिएको उनले उल्लेख गरे ।

पत्रकार सम्मेलनमा शर्मासँगै माओवादी नेता राम कार्की र अन्जना विशुंखे पनि देखिएका छन् । माओवादी, नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न आठ दल/समूहबीच पार्टी एकताको सहमति गरिएको छ । शर्मा उक्त पार्टी एकताको विपक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा