मेक्सिकोमा मेयरको गोली हानी हत्या

एजेन्सी, १७ कार्तिक । पश्चिमी मेक्सिकोको मिचोआकान राज्यमा एक मेयरको सार्वजनिक रूपमा गोली हानी हत्या गरिएको छ ।

डे अफ डेड को अवसरमा आयोजित कार्यक्रममा भीडलाई सम्बोधन गर्ने क्रममा उरुआपान शहरका मेयर कार्लोस अल्बर्टो मान्जो रोड्रिगेजमाथि गोली प्रहार भएको हो ।

उनीमाथि सात राउन्ड गोली प्रहार गरिएको थियो । घटनालगत्तै उनलाई अस्पताल लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राज्यका अभियोजक कार्लोस टोरेस पिनाको अनुसार, घटना शनिबार राति भएको हो । गोलीबारीमा नगर परिषदका एक सदस्य र एक जना अंगरक्षक पनि घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा