मेक्सिकोमा मेयरको गोली हानी हत्या

एजेन्सी, १७ कार्तिक । पश्चिमी मेक्सिकोको मिचोआकान राज्यमा एक मेयरको सार्वजनिक रूपमा गोली हानी हत्या गरिएको छ ।

डे अफ डेड को अवसरमा आयोजित कार्यक्रममा भीडलाई सम्बोधन गर्ने क्रममा उरुआपान शहरका मेयर कार्लोस अल्बर्टो मान्जो रोड्रिगेजमाथि गोली प्रहार भएको हो ।

उनीमाथि सात राउन्ड गोली प्रहार गरिएको थियो । घटनालगत्तै उनलाई अस्पताल लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राज्यका अभियोजक कार्लोस टोरेस पिनाको अनुसार, घटना शनिबार राति भएको हो । गोलीबारीमा नगर परिषदका एक सदस्य र एक जना अंगरक्षक पनि घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय

काठमाडौँ, ३ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । आज मध्यपश्चिम विश्वविद्यालयको

काठमाडौँ, ३ असार । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक