भारतले जित्यो महिला विश्वकप क्रिकेटको उपाधि

काठमाडौँ, १७ कार्तिक । दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

नवी मुम्बईमा हिजो भएको फाईनलमा दुई सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै दुई सय ४६ रनमा समेटियो । भारतकी दीप्ति शर्माले शानदार बलिङ गर्दै पाँच विकेट लिइन् ।

दक्षिण अफ्रिकाकी कप्तान लौरा वोलवाड्र्टले उत्कृष्ट एक सय एक रन बनाइन् । त्यसअघि भारतले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ९८ रन बनाएको थियो । भारतका सफाली वर्मा र दीप्ती शर्माले अर्धशतक बनाए । सफालीले ८७ र दीप्तिले ५८ रन बनाइन् ।

भारत र दक्षिण अफ्रिकाले यसअघि महिला एकदिवसीय क्रिकेटमा ३४ पटक एकअर्कासँग खेलेका छन् । त्यसमध्ये भारतले २०, दक्षिण अफ्रिकाले १३ खेल जितेको छ र एक खेल बराबरीमा टुंगिएको छ । यसअघि सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई र दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हराएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा