अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प

एजेन्सी, १७ कार्तिक । अफगानिस्तानको सबैभन्दा ठूला सहरहरूमध्ये एक मजार–ए–शरीफनजिकै भूकम्प गएको छ । अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । 

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्र खुल्म सहरबाट २२ किलोमिटर पश्चिम–दक्षिण–पश्चिममा थियो । यसको गहिराइ २८ किलोमिटर गहिराइमा मापन गरिएको छ । 

स्थानीय समयअनुसार राति करिब १ बजे भूकम्पको झट्का महसुस गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार   भूकम्पको म्याग्निच्युड ६.३ रहेको छ । एजेन्सीले यसबाट ठूलो संख्यामा हताहत हुनसक्ने चेतावनी दिएको छ ।

यद्यपि, स्थानीय अधिकारीहरूले हालसम्म कुनै पनि हताहतको खबर दिएका छैनन् । मजार–ए–शरीफ राजधानी रहेको बाल्ख प्रान्तका तालिबान प्रवक्ताले स्थानीय समयअनुसार राति करिब २ बजे सामाकि संजाल ‘एक्स’मा एक पोस्ट लेख्दै प्रान्तका सबै जिल्लाहरूबाट सामान्य चोटपटक र सतही क्षतिका रिपोर्टहरू प्राप्त भएको उल्लेख गरेका छन् ।
 
उनले लेखेका छन्, “धेरैजसो चोटपटक अग्ला भवनहरूबाट खसेका कारण लागेका हुन् ।” तर, उनले अहिलेसम्म कुनै महत्त्वपूर्ण समस्या नदेखिएको स्पष्ट पारेका छन् ।

पाँच लाखभन्दा बढी मानिसको बसोबास रहेको मजार–ए–शरीफ सहरका धेरै बासिन्दाहरूले भूकम्पपछि घर भत्किने डरले सडकमा  निस्किएका एएफपीले जनाएको छ ।

सोमबार गएको यो भूकम्प गत अगस्टको अन्त्यतिर अफगानिस्तानको पहाडी पूर्वी क्षेत्रमा गएको ६.० म्याग्निच्युडको भूकम्पपछि आएको हो । उक्त भूकम्पमा एक हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर