माल्दिभ्समा सूर्तीजन्य पदार्थमाथि पुस्तागत प्रतिबन्ध लागू

एजेन्सी, १६ कार्तिक । माल्दिभ्स सरकारले सन् २००७ जनवरी १ पछि जन्मिएका सबै नागरिक र आगन्तुकहरूमा सूर्तीजन्य पदार्थको प्रयोग, बिक्री र खरिदमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

राष्ट्रपति मोहम्मद मुइजुले यस वर्षको शुरुआतमा घोषणा गर्नुभएको यो नीति नोभेम्बर १ अर्थात् आजदेखि कार्यान्वयनमा आएको हो ।

माल्दिभ्सको मन्त्रालयले यसलाई जनस्वास्थ्यको संरक्षण र सूर्तीजन्यमुक्त पुस्ता निर्माणतर्फको निर्णायक कदम भनेर व्याख्या गरेको छ । यो प्रतिबन्ध सबै प्रकारका सूर्तीजन्य पदार्थमा लागू हुनेछ । खुद्रा विक्रेताहरूले बिक्री अघि खरिदकर्ताको उमेर प्रमाणित गर्नुपर्नेछ ।

विद्युतीय चुरोटमा भने सबै व्यक्तिलाई प्रतिबन्ध लगाएको छ । नियम उल्लङ्घन गर्नेलाई कडा सजाय तोकिएको छ । १८ वर्षमुनिका व्यक्तिलाई सूर्तीजन्य वस्तु बेच्ने व्यापारीलाई ५० हजार माल्दिभ्सी रुफिया जरिवाना हुनेछ भने विद्युतीय चुरोट प्रयोग गर्नेलाई पाँच हजार रुपैयाँसम्मको जरिवाना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ