काठमाडौँ, १४ कार्तिक । फ्राइडे रिलिज अन्तर्गत आजदेखि फिल्म ‘परान’ले देशभर एकल प्रदर्शन भएको छ ।
‘परान’ दीपक प्रसाद आचार्य (काकु)को डेब्यू निर्देशित फिल्म हो । वरिष्ठ अभिनेता नीर शाहलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरिएको फिल्ममा शाहका अलावा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय छ ।




