‘जारी २’ को एड्भान्स टिकट बिक्री

काठमाडौँ, १४ कार्तिक । २१ कार्तिकदेखि प्रदर्शन तयारीमा रहेको ‘जारी २’ फिल्मलाई लिएर दर्शकमाझ ब्यापक उत्साह छ ।

प्रदर्शन मिति नजिकिँदै गर्दा नेपाल र अमेरिकामा फिल्मको प्रारम्भिक बुकिङ खुल्न थालिसकेको छ । पूर्वका केही हलले त एड्भान्स टिकट बिक्री नै थालिसकेका छन् । त्यो पनि रिलिज हुन एकसाताभन्दा धेरै समय बाँकी रहँदा ।

विर्तामोडको पाथिभरा सिने प्लाजाले ५ शोज दिँदै फिल्मको बुकिङ खुला गरेको छ । काठमाडौंका ठूला मल्टिप्लेक्सले सम्भवतः यो सप्ताहन्त लगत्तै बुकिङ खुलाउन लागेका छन् ।

अर्कोतर्फ, नेपाली फिल्मको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अमेरिकाका कतिपय हलले ‘जारी २’को एड्भान्स टिकट बिक्री थालेका छन् ।

नेपाली बहुल राज्यहरू कोलोराडो, एरिजोना, क्यालिफोर्निया, म्यासाचुसेट्स, नर्थ ह्याम्सायर र न्यूयोर्ककाका ८ हलले शोज प्रकाशित गरेका छन् ।

विहिबारसम्म ती हलले फिल्मलाई ३८ शोज दिएका छन् । कोलोराडोका हर्किन्स थिएटर र वेस्ट मिस्टिर, एरिजोनाको हर्किन्स थिएटर, क्यालिफोर्निया–म्यासाचुसेट्स–न्यू ह्याम्सायर र न्यूयोर्क सिटी तथा राज्यका एप्पल सिनेमाज चेनले पनि बुकिङ खोलेका छन् ।

उपेन्द्र सुब्बा निर्देशित फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरन्यासनलले प्रदर्शनमा ल्याउँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७

काठमाडौँ, ३ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate