लिग-२ एकदिवसीय सिरिजमा आज युएई र नेपाल भिड्दै

काठमाडौँ, १३ कार्तिक । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्दैछ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ। लिग-२ को जारी सिरिजको अघिल्लो खेलमा नेपाल अमेरिकासँग पराजित भएको थियो।

आइतबार भएको खेलमा नेपालले कमजोर ब्याटिङ गर्दा १०६ रनको पराजय भोग्नुपरेको थियो। युएईसँग पछिल्लो पाँच एक दिवसीय खेलमा नेपाल विजयी भएको छ।

यसअघि आइसिसी टी-२० विश्वकप छनोटका खेलमा पनि नेपालले युएईलाई पराजित गरेको थियो। फरक फर्म्याटको खेल भए पनि नेपालले आज युएईविरूद्ध आत्मविश्वासका साथ खेल्नेछ।

१ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा फेरि युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ।

 एकदिवसीय टोलीमा भीम सार्की, अनिलकुमार साह र साहब आलम टोलीमा परेका छन्। यसअघि टी-२० टोलीमा रहेका लोकेश बम, सन्दीप जोरा र आदिल अन्सारी एकदिवसीय टोलीमा छैनन्। बाँकी १२ टी-२० टोलीका खेलाडी एकदिवसीय टोलीमा समावेश छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि