क्यारिबियन देशहरूमा मेलिसा आँधी, २९ जनाको मृत्यु

एजेन्सी, १३ कार्तिक । क्युबाको सान्टियागो प्रान्तमा तीव्र हावा र वर्षासहितको मेलिसा आँधीले ठूलो क्षति पुर्‍याएको छ । सात लाख ३५ हजारभन्दा बढी मानिसलाई अस्थायी शिविरहरूमा सारिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार धेरै अस्पताल र विद्यालयहरूमा क्षति पुगेको छ । राष्ट्रपति मिगुएल डियाज–कनेलले अवस्था अत्यन्त गम्भीर रहेको बताएका छन् । “मौसमले साथ दिनेबित्तिकै हामी पुनस्र्थापना कार्य सुरु गर्नेछौँ,” उनले भने ।

हैटीको नागरिक सुरक्षा एजेन्सीका अधिकारी स्टिवन अरिस्टिलले हालसम्म थुप्रै मानिस बेपत्ता भएको बताएका छन् । दक्षिणी तटीय सहर पेटिट–ग्वाभमा सबैभन्दा बढी क्षति भएको छ, जहाँ बाढीले दर्जनौँ घर भत्काइदिएको छ । अधिकारीहरूले मृतकको संख्या  बढ्न सक्ने आशंका गरेका छन् ।

क्युबा, हैटी र जमैकामा गरी कम्तीमा २९ जनाको मृत्यु भएको छ ।

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले क्यारिबियन देशहरूमा राहत टोलीहरू पठाउने घोषणा गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि बढ्दो मृत्युमा चिन्ता व्यक्त गर्दै पुलिस र उद्धार एजेन्सीहरूले मानवअधिकार मापदण्डअनुसार काम गर्नुपर्ने बताएका छन् ।

श्रेणी–५ को आँधी सबैभन्दा खतरनाक श्रेणीको मानिन्छ । संयुक्त राष्ट्रसंघले मेलिसा आँधीलाई शताब्दीकै सबैभन्दा शक्तिशाली आँधी भनेको छ । सुरुमा यो सामुद्रिक आँधी हैटी र डोमिनिकन गणतन्त्रमा ठोक्कियो । जमैका पुग्दा यो अझ खतरनाक बनेको बताइएको छ ।

आँधी जमैकासँग ठोक्किने बेला ३०० किलोमिटर प्रतिघण्टाको वेगले हावा चलिरहेको थियो । धाँधीसँगै भारी वर्षा भइरहेको थियो । आँधी ठूलाठूला भवनहरूलाई ध्वस्त पार्नसक्ने गतीमा रहेको समाचारमा उल्लेख छ । यसबाट बिजुली र सञ्चार प्रणाली पनि ध्वस्त हुन सक्छ । हिन्दुस्तान टाइम्स

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ