‘मनबिनाको धन’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

काठमाडौँ, १२ कार्तिक । बालगायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मनबिनाको धन’को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ ।

३ मिनेट १३ सेकेन्डको ट्रेलरमा दर्जीको सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ । बालकको रुपमा सडकमा बसेर गीत गाउँदै बटुवासँग पैसा मागेको दृश्यसँगै ट्रेलर सुरु हुन्छ ।

चर्चित संगीतकार समेत रहेका टङ्क बुढाथोकीको यो डेब्यू निर्देशकीय फिचर हो । उनकै कथा र संगीत निर्देशन समेत रहेको यो फिल्मको ट्रेलर कथावस्तुबारे संक्षिप्तरुपमा प्रकाश पारेको छ ।

फिल्ममा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटा लगायतको अभिनय छ । ‘मनबिनाको धन’ फिल्म २१ कात्तिकदेखि प्रदर्शन तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७

काठमाडौँ, ३ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate