काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेन्जी आन्दोलनमा लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन भन्दै राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन् सबैलाई कडा कारबाही गरौं भन्दै माग गर्नुभएको छ ।
समाजिक संजालमा लैख्दै पोखरेलले देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौं भनेर समेत बताउनुभएको छ ।




