निर्वाचन सफल पार्न सरकार प्रतिबद्धताका साथ लागेको छ : मन्त्री खरेल

काठमाडौँ, ११ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमिन्त्री जगदीश खरेलले वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न प्रतिबद्धताका साथ लागि परेको बताएका छन् । 

ललितपुरको इमाडोलस्थित (इभी दह) बोजेपोखरीमा छठ पूजा व्यवस्थापन समाजले सोमबार आयोजना गरेको छठ पूजामा कार्यक्रममा मन्त्री खरेलले निर्वाचन सफल बनाउन र मुलुकमा सुशासन कायम तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । 

मन्त्री खरेलले भने, “अहिलेको सरकार खासगरी निर्वाचन गर्ने सन्दर्भमा, सुशासन कायम गरेर भ्रष्टाचार नियन्त्रण गर्ने तथा जेनजी आन्दोलनको क्रममा भएको धनजनको क्षतिको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन लागेको छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका