काठमाडौँ, ११ कार्तिक । नेपाल विद्युत प्राधिकारणले सोमबार साँझसम्म २५ वटा उद्योगको लाइन काटिएको जनाएको छ ।
लाइन नकाट्दा ती उद्योगले २५० मेगावाट बिजुली खपत गर्दै आएका थिए । सरकारले लाइन काटेसँगै उद्योगहरुले पनि कामदारलाई बिदामा राखिसकेका छन् । २५ उद्योगले दैनिक २५० मेगावाट बिजुली खपत गरेबापत सरकारलाई ६ करोड रुपैयाँ सरकारलाई बुझाउँथे ।
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले अहिले प्राधिकरणले दैनिक ६ करोड आम्दानी गुमाइरहेको छ । ‘२५ उद्योगहरूको बिजुली काटिदा प्राधिकरणको दैनिक ६ करोड आम्दानी गुमेको छ। २५० मेगावाट बिजुलीसमेत खेर गएको छ,’ उनले भने, ‘४० हजारभन्दा बढीको रोजगारी जोखिममा छ । राज्यको ठूलो राजस्व गुमेको छ।’
विद्युत् काटिएका २५ उद्योगले पाँच अर्ब ४८ करोड ४५ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणको भनाइ छ ।






